#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32441738988196750552223948020
नेपाल693014531843750411

सरकारले ‘इनफ इज इनफ’ अभियन्तासँग गरेको सहमति कार्यान्वयन गर्न कमल थापाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले इनफ इज इनफ अभियन्तासँग सरकारले गरेको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । शुक्रबार वसन्तपुरमा विगत १४ दिनदेखि सत्याग्रहमा बसेका अभियन्तासँग भेट्दै अध्यक्ष थापाले त्यस्ताे माग गरेका हुन् । साथै उनले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने माग राख्दै सत्याग्रहमा रहेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईः को स्वास्थ अवस्था बारे जानकारी लिएका छन् ।

त्यस्तै अध्यक्ष थापाले ‘इनफ इज इनफ’ अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत जनाएका छन् । सत्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्नुपर्नेमा थापाको जोड छ । ‘इनफ इज इनफ’ अभियानले आज बालुवाटार क्षेत्रमा शान्तिपूर्ण रुपमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोप्रति अध्यक्ष थापाले आपत्ति जनाए ।

संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले काठमाडाैं उपत्यकासँगै मुलुकका ठूला शहरहरुमा संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । साथै, उनले कोरोना महामारी नियन्त्रणमा सरकार निष्प्रभावी भएको भन्दै आलोचना समेत गरे ।

अभियन्ताहरुसँगको भेटघाट कार्यक्रममा विक्रमबहादुर थापा, चन्द्रबहादुर गुरुङ्ग र राजाराम बर्तौला लगायतका नेता सहभागी  थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार