#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32431856988009750443123939416
नेपाल693014531843750411

काँग्रेसका नौ भ्रातृ सङ्घको म्याद ६ महिना थप

फाइल फोटो/नेपाली कांग्रेस पार्टी कार्यालय

काठमाडौं ।

नेपाली काँग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थप गरेको छ ।

काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट ६ महिनाका लागि उक्त भ्रातृ सङ्घहरुको म्याद थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार