#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32982743996636764957924336528
नेपाल718214671834153013

अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

आँबुखैरेनी ।

पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। राजमार्ग दुईतर्फी बनाउन पहिरो पन्छ्याउने काम भइरहेको छ ।रासस

सम्बन्धित समाचारहरु