#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20883802748545636320113772056
नेपाल2495795802516837

टेलिकमको विषयलाई लिएर विकास समितिमा सांसदहरु आक्रोशित (भिडियाेसहित)

काठमाडौं ।

नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्न नसकेको विषयलाई लिएर सांसदहरुले प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा उपस्थित भएका सांसदहरुले फोरजी विस्तारमा टेलिकमले काम गर्न नसकेको र अन्य सुविधा समेत प्रभावकारी नभएको बताएका हुन् ।

यस्तै निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलसँग नेपाल टेलिकमले प्रतिस्पर्धा गर्न नसकेको भन्दै टेलिकमलाई निजीकरण गर्न सझाव समेत दिए । राज्यले नै निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि टेलिकमलाई निजीकरण गर्नुको विकल्प नरहेको सांसदहरुले बताएका हुन् ।

फोरजी सेवा विस्तार हुन नसक्नुका वास्तविक कुराहरु बाहिर नआएसम्म टेलिकम नसुध्रिने समेत सांसदहरुले बताए । सरकारले सुविधा र फाइदा जति एनसेललाई दिने तर टेलिकमलाई सधै पछाडि पार्ने गरेको आरोप समेत सांसदहरुले लगाएका छन् । सांसदहरुले गुणस्तरीय सेवा दिन नसक्ने टेलिकमको कामकारबाही छानविन गर्न समितिबाट उपसमिति गठन गर्नुपर्ने माग समेत गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार