#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31771441975315740941223386714
नेपाल666324291814248061

नेकपाभित्रको विवाद पद प्राप्तिका लागि होइन–प्रचण्ड

फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको विवाद पदका लागि नभएको बताएका छन् । शनिबार कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

नेकपाभित्र पछिल्लो समय विवाद चर्किको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र पार्टी प्रभावकारी रुपमा चलाउन नसकेकाले तत्काल राजीनामा दिनुुपर्ने माग गरिएको हो । ओलीको राजीनामा माग गर्नेहरुमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेका छन् । उनीहरुको मागको प्रधानमन्त्री ओलीले निरन्तर नजरअन्दाज गर्दै आएका छन् । उनले दाहाल–नेपाल पक्षले एकलौटी आफूलाई अंकगणितका आधारमा पदच्युत गर्न खोजे पार्टी फुटाउने चेतावनी समेत दिँदै आएका छन् । पार्टीलाई नेतृत्व दिनुपर्ने दुई खेमा दुई दिशातिर लाग्दा नेकपाको विवाद चर्किएको हो । दाहाल–नेपाल पक्षले यतिबेलाको विवादलाई ओलीको एकलौटी शासन सत्ता चलाउने प्रवृतिले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि गरिएको वैचारिक बहसको रुपमा व्याख्या गर्दै आएका छन् । तर ओली पक्षका कतिपय नेता तथा कार्यकर्ताले दाहाल–नेपाल पक्षले ओली खेमासँग पद बार्गेनिङ गर्ने हतियारको रुपमा व्याख्या गर्दै आएका छन् । यहि व्याख्यालाई चिर्न अध्यक्ष दाहालले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि नभएको दाबी गरेका हुन् ।

त्यस्तै अध्यक्ष दाहालले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको पनि बताए । आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै दाहालले नेकपाले अहिले स्थायित्व दिनुपर्ने बेला आएको बताए । आफ्नो ध्यान पद भन्दा पनि राष्ट्रको सेवातर्फ लक्षित भएको उनको भनाइ छ । पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालले बताए । उनले पार्टी एकताको रक्षा गर्नका लागि नेताहरू बहसमा निरन्तर लागि रहनुपर्नेमा पनि जोड दिए । पार्टी एकताका नाममा मुलुकका विभिन्न मुद्दा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने उनको भनाइ छ ।

दाहालले पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको भन्दै पद दिएर कम्युनिष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू लड्दै आएको पनि प्रचण्डको दावी छ । कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले कहिलेकाँही पार्टीभित्र हुने चर्को बहस पनि स्वभाविक हुने उनको भनाइ छ ।

 

सम्बन्धित समाचारहरु