#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32450514988281751039823951835
नेपाल693014531843750411

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं ।

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना–६ जलबिरेमा पहिरो खसेपछि शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएका थिए ।

पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडक पुनः सञ्चालन भएपछि सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यसैबीच पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको हो । दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । यसअघि बिहीबार पनि सोही ठाउँ पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएका थिए ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार