#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20820287747476635310013719711
नेपाल2443291761316728

‘नेपालमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा मानविय जीवनमा असर’

काठमाडौं ।

नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा वातावरण र मानविय जीवनमा असर पर्ने गरेको छ ।

नेपालमा मापदण्ड र नियम विपरित कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकशित देशहरुमा भन्दा उच्च रहेको छ । विषादी विज्ञ भक्तराज पालिखेले नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित हुने गरेको बताएका हुन् ।

उनले विषादीलाई औषधिको रुपमा प्रयोग गरिने सोचलाई परिवर्तन गर्नुपर्ने बताए । तथ्याङ्क अनुसार विकशित देशहरुमा प्रतिहेक्टर २ किलो भन्दा बढी विषादीको प्रयोग हुन्छ । नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको बताइन्छ । जुन अत्यन्तै कम हो । तर कम विषादीको प्रयोग हुँदा पनि मापदण्ड अनुसार नहुँदा नेपालको वातावरण र जनसंख्यामा नकारात्मक असर पर्ने गरेको छ । विज्ञ पालिखेले विकशित मुलुकमा विषादीको प्रयोग बढी र वातावरणमा पर्ने असर कम भएको तर नेपाल जस्तो मुलुकमा विषादीको प्रयोग कम र वातावरणमा पर्ने असर बढी रहेको बताए । उनले विकशित देशमा विषादीको खपत बढी भए पनि मापदण्ड र नियम अनुसार प्रयोग गर्दा वातावरण र मानव जीवनमा कम असर पर्ने गरेको बताए ।

नेपालमा अहिलेसम्म ३ हजार ३५ वटा व्यापारिक नामका विषादी र १ सय ७० वटा वैज्ञानिक नामका विषादीहरु दर्ता भई प्रयोगमा आएको छ । जसलाई सामान्य अवस्थामा लिन नहुने पनि पालिखेले बताए । उनले कृषि बालीमा किरा लागेपछि विषादीको प्रयोग गर्नै पर्छ भन्ने सोचलाई बदल्नु पर्ने र यसको विकल्प खोज्नु पर्नेमा जोड दिए । किसानले विषादी छान्दा पसलेको भरमा छान्ने बानिलाई हटाएर प्राविधिकको सल्लाह अनुसार छान्नु पर्ने बताए । रातो र पहेलो रंङ्गको विषादी भन्दा हरियो र निलो रंङ्गको विषादीले वातावरणमा कम असर पर्ने भएकाले किसानले विषादीको छनौटमा विशेष ख्याल पु¥याउनु पर्ने उनले बताए ।

खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ । छिमेकी देशहरुले प्रयोग गरिरहेका कतिपय विषादीहरु नेपालमा प्रतिवन्धित छन् । खुला बोर्डरका कारण लुकिछिपी आएका त्यस्ता विषादीको प्रयोग हुन सक्ने भएकाले सरकार र किसान दुवै सजग हुनुपर्ने देखिन्छ ।

 

सम्बन्धित समाचारहरु