#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32644627990797757800524075825
नेपाल706144591828951866

बाढीका कारण अफगानिस्तानमा सोह्र जनाको मृत्यु

काठमाडौं ।

अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् ।

बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पुर्याएको अधिकारीहरुको भनाइ छ । देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगिएनीले शनिबार जानकारी दिए ।

“अत्यधिक वर्षापछि आएको बाढीका कारण मृत्यु भएका १६ जना मध्ये १२ जना त बालबालिका मात्रै रहेका छन्,” उनले भने । बाढीमा परेर अरु चार जना बालबालिका अझै पनि बेपत्ता अवस्थामै रहेको प्रवक्ता खोगिएनीले बताए ।

बाढीमा परेकाहरुलाई उद्धार गर्ने, घाइतेहरुलाई उपचार गर्ने र बेपत्ता भएकाहरुको खोजी गर्ने कार्य भने जारी रहेको उनको भनाई छ ।रासस

सम्बन्धित समाचारहरु