#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20930992749601638424013797151
नेपाल2495795802516837

सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गरौँ– सिइओ पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् । शनिबार नेपाल र चीन बीचको दौत्य सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा आयोजित चाइनिज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडि बढाउनुपर्नेमा डा. रेग्मीको जोड छ । १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने गरी कुनै पनि पर्यटन नआउने भएकाले द्रुत गतिमा कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्ने र कुनै लक्षण नदेखिएमा घुम्न पठाउने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए । उनले भने–‘द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा बस्ने व्यवस्था गर्ने र कुनै लक्षण नदेखिएमा घुम्न जान दिने गर्नुपर्छ । अन्यथा घुम्न आउने र जाने देशमा १४ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएमा को घुम्न आउँछ ?’

नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई प्रदान गरिदै आएका सेवाहरुलाई थप प्रभावकारी बनाउने उद्देश्यले एलाएन्सको घोषणा गरिएको हो । २५ जना सदस्य रहेको एलाएन्सले बिगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने उद्देश्य राखेको छ । नेपाली टुर एण्ड ट्राभल्स व्यवसायीहरुको छाता संस्थाको रुपमा गठन गरिएको एलाएन्सको संयोजकमा विश्वेस श्रेष्ठ रहेका छन् । अन्य बोर्ड सदस्यहरुमा बरुण मेहता, कल्याणराज शर्मा, पुष्कर राज पाठक र हरिप्रसाद पराजुली रहेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार