पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी

पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी


इस्लामावाद ।

पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीस हजार ९४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४७६ जना थपिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यो सङ्ख्या अत्यन्त धेरै भएको उनीहरुको भनाइ छ । सङ्क्रमितमध्ये सवैभन्दा धेरै पञ्जाव प्रान्तमा रहेका छन् । त्यहाँ एघार हजार ५६८ जना सङ्क्रमित भएको जनाइएको छ ।

त्यसैगरी एघार हजार ४८० जना सिन्ध प्रान्तमा, चार हजार ६६९ जना खैबर पख्तुङ्ख्वामा, दुई हजार १७ जना बालुचिस्तानमा, ६७९ जना इस्लामावादमा, ४४२ जना गिल्गित बाल्टीस्तानमा र ८६ जना पाकिस्तान नियन्त्रित काश्मिरमा सङ्क्रमित भएका छन् ।रासस

Logo