#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30697825956446740142122339958
नेपाल615933901738343820

‘अनशनरत युवाको माग तत्काल सम्बोधन गर्नुपर्छ’ : सभापति देउवा

file photo

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे । शतप्रतिशत पिसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ का अभियन्तालाई शनिबार वसन्तपुरमा भेटेर उनले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

सभापति देउवाले भने, “अनशनकारीको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ, मान्छेलाई मर्न दिन हुँदैन, वर्तमान सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ, सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गर्न खोजेको छ, म यसको घोर भत्र्सना गर्छु ।” उनले सरकार जनताको स्वास्थ्यमाथि गम्भीर हुनु पर्ने उल्लेख गरे।

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा बस्दै आएका युवाले उठाउँदै आएको माग देश र जनताको हितमा रहेको बताए । “सरकारले आफ्ना प्रतिनिधि पठाएर मागलाई तत्काल सम्बोधन गर्नुपर्छ”, उनले भने । यसअघि काँग्रेस नेता प्रकाशमान सिंह, पूर्वमन्त्री नविन्द्रराज जोशी लगायतले अनशनरत युवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन् । शतप्रतिशत पिसीआर परीक्षण हुनु पर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले गत असार २३ गते लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको अनशनकारीहरुको भनाइ छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार