#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30536622953029737705522206538
नेपाल615933901738343820

आज सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, चाँदी पनि बढ्यो

file photo

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । मूल्य बढ्ने क्रममा आज सुन प्रतितोला ३ सयले बढ्दै ९९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

गत हप्ता सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन बुधबार भने ३ सयले बढेको थियो । विहिबार ५ सयले बढेर सुन प्रतितोला ९९ हजारमा कारोबार भयो । साताको अन्तिम दिन शुक्रबार पनि ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार १६० कायम भएको छ । यस्तै आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको छ । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार