#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19523236722934626701512533287
नेपाल2221470633015814

ओली-दाहाल भेटवार्ता सकियो, आजको भेट पनि औपचारिकता मात्र

फाइल फोटो

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्ता केहीबेर अघि सकिएको छ ।

आजको वार्ता पनि औपचारिकतामा मात्र सिमित रहेको र कुनै निष्कर्ष र सहमति हुन भने नसकेको बताइएको छ । बिहान ९ः५५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षद्वयबीच शुरु भएको वर्ता साढे १ बजे सकिएको थियो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका नेता पनि सहभागी भएका थिए ।

पार्टीमा रहेको आन्तरिक विवाद मिलाउने कसरतमा रहेका शीर्ष नेताहरु आआफ्नो तरिकाले प्रयास गरिरहेका छन् । तर लामो समय सम्म पनि कुनै ठोस निर्णय हुन भने सकेको छैन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार