कोरोना अपडेटः देशभर करिब ७७ हजार परीक्षण

कोरोना अपडेटः देशभर करिब ७७ हजार परीक्षण


काठमाडौं । सोमबारको तथ्यांक अनुसार देशभर कोरोना भाइरसको ७६ हजार ३ सय ५५ परीक्षण गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ ।

त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर १७ हजार ८ सय ९ पीसीआर परीक्षण गरिएको छ । भने ५८ हजार ५ सय ४६ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ नमुना परीक्षण गरिएको छ ।

देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १२ हजार ७ सय १ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या १ सय ५३ रहेको छ ।

त्यस्तैगरी आइतबारसम्म देशभर संक्रमितको संख्या १ स २१ पुगेको छ । जसमा पुरुष ८९ र महिला ३२ जना रहेका छन् । नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३३ पुगेको छ । घर फर्किएका कूल ३३ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

Logo