#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19522669722919626667512533075
नेपाल2221470633015814

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना सम्बन्धी अध्ययन गर्न समिति गठन

फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवालासँग छलफल गरेका छन् । कोषले बनाएको गुरुयोजना विवादमा तानिएपछि मन्त्री भट्टराईले आइतबार सरोकारवालासँग छलफल गरेका हुन् । मन्त्री भट्टराईले पशुपति क्षेत्रमा हुने जात्रा र पर्वहरु सञ्चालनका लागि अक्षयकोषको स्थापना गर्नुपर्ने बताए । मन्त्री भट्टराईले १० करोडको अक्षयकोष निर्माणका लागि प्रस्ताव गरेका थिए । ५० प्रतिशत रकम पशुपति क्षेत्र विकास कोष र ५० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने गरी अक्षयकोष स्थापना गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै छलफलमा सहभागि नेपाली कांग्रेसका युवा नेता गगन थापाले त्यो ठाउँबाट स्थानीयलाई स्थानान्तरण गर्न खोजे सांस्कृतिक विषयहरु लोप हुँदै जाने धारणा राखेका थिए । स्थानीयहरुको प्रत्यक्ष सहभागिता नभए प्राचीनकालदेखि चल्दै आएका जात्रा र पर्वहरु समेत नाश हुन सक्ने उनको भनाइ छ । स्थानीयहरुको सहभागिता नभए जतिसुकै स्रोतको व्यवस्थापन भएपनि जात्रा सञ्चालन गर्न नसकिने उनको दावी छ ।

१ नम्बर प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले स्थानीयहरुलाई सहभागि नगराई गुरुयोजना बनाइएकोप्रति आक्रोश व्यक्त गरे । गुरुयोजनामा धेरै विषयहरु छुटेकोले सरोकारवालाहरुको सहभागितामा बनाउनुपर्ने उनको भनाइ छ । साथै, उनले गुरुयोजनालाई ‘निबन्ध जस्तो छ । पुलिन्दा जस्तो छ ।’ भनेर टिप्पणी समेत गरे ।

त्यस्तैगरी तत्कालका लागि गुरुयोजनाको काम स्थगित भएको छ । छलफलपछि एक महिना गुरुयोजनाको काम स्थगित गरेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई एक महिनाभित्र सरोकारवाला, स्थानीय, सम्बन्धित क्षेत्रका विज्ञ एवं इतिहासविद् र संस्कृतिविद्हरुसँग परामर्श गरी प्रतिवेदन बुझाउन भनिएको छ । गत पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु हटाउनेसम्मको योजना समेटिएपछि स्थानीयबासीहरु आन्दोलनमा उत्रिएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार