#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20233800737812640500413090984
नेपाल2331079673816493

केन्द्रबिन्दु समाचार प्रभावः फेसबुकमार्फत सहयोग भन्दै पैसा माग्नेलाई नदिन बैंकर्स संघको आग्रह

काठमाडौं ।

नेपाल बैंकर्स संघले फेसबुकमार्फत पैसा माग्ने कसैलाई पनि पैसा नदिन सम्पूर्ण ग्राहक वर्गमा आग्रह गरेको छ ।

संघले फेसबुक ह्याक गरी नक्कली खाता खोल्दै पैसा माग्नेलाई फोनमार्फत पैसा नदिन आग्रह गरेको हो । केन्द्रबिन्दुले शनिबार फेसबुक ह्याक गरी रकम माग्ने गरेको र बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीहरुलाई निशाना बनाएको समाचार प्रकाशित गरेको थियो ।

त्यसका साथै फेसबुक ह्याक भएको र रकम मागेको प्रमाणसहित बैंकर्स संघलाई मौखिक रुपमा जानकारी समेत गराएको थियो । त्यस लगत्तै संघले सूचना जारी गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरी यस्ता सहयोग माग्नेहरू बढेपछि संघले सार्वजनिक सूचनामार्फत सबैलाई सचेत रहन आग्रह गरेको हो ।

विभिन्न बैंकहरूमा नक्कली खाता खोली अनेकौं बहानामा सहयोगको रुपमा पैसा माग्ने क्रम बढेको प्रति सचेत रहन सूचना जारी गरेको बैकर्स संघले जनाएको छ । संघले आफ्नो खाता सम्बन्धी विवरण, पिन नम्बर, मोबाइल/इन्टरनेट बैंकिङ सम्बन्धी विवरणहरु, कसैसँग शेयर नगर्न आग्रह गरेको छ । सामाजिक संजालमा मागेको भरमा पैसा नदिन संघले आग्रह गरेको छ ।

यस्ता घटनाका १५० भन्दा बढी उजुरी महानगरीय प्रहरी परिसर अपराध महाशाखा टेकुमा परेका छन् । प्रहरीले धमाधम यस्तो अपराधमा संलग्नलाई पक्राउ गरी कारवाही गरिरहेको महाशाखाका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

केन्द्रबिन्दुले शनिबार प्रकाशित गरेको समाचार

फेसबुक ह्याक गरी पैसा माग्ने गिरोह सक्रिय, बैंकका उच्च अधिकारीहरु निशानामा

 

 

सम्बन्धित समाचारहरु