#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33055037998721765019424406122
नेपाल718214671834153013

अझै सुल्झिएन नेकपा विवाददेखि कोरोना संक्रमणले भयावहको रुप लिनसक्ने चेतावनीसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाका दुई अध्यक्ष बीचको भेटवार्ता विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुबाटारमा भएको भेटवार्ता विना निष्कर्ष टुंगिएको हो । वार्तामा दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागि थिए ।

त्यस्तै अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन पृथ्वीमा फर्किन लागेका छन् । उनीहरुले आफ्नो ड्र्यागन इन्डिभर क्याप्स्यूललाई अन्तरिक्ष केन्द्रबाट अलग गराएको बीबीसीले जनाएको हो ।

पछिल्लो समय कर्जा लगानी नहुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ । कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण ठूला योजना तथा परियोजनाहरुमा लगानी विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको हो ।

त्यस्तैगरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलाएको छ । भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो ।

मानिसहरुको बढ्दो आवतजावत र असावधानीका कारण कोरोना भाइरसको संक्रमणले भयावहको रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले लामो समयदेखि गरेको लकडाउनको अन्त्य गरेसँगै संक्रमणले भयावहको रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका हुन् । लकडाउन खुलेको केही समयमा नै देशभर संक्रमणको दर तीव्र हुँदै गएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु