#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30982249961373743829622582580
नेपाल627974011712945267

‘इनफ इज इनफ’ का अभियानकर्मीसँग वरिष्ठ नेता पौडेलको भेट

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानकर्मी ‘ई’ सँग भेट गरेका छन् ।

भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताउँदै सरकारको हेलचेक्राइका विरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानमा आफू र आफ्नो पार्टीको साथ रहेको धारणा व्यक्त गरे । उनले कोरोना भाइरस सङ्क्रमणको पीसीआर परीक्षणको दायरा बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै अनशन बस्दा पनि नसुन्ने सरकार अटेरी सरकार भएको टिप्पणी समेत गरे । साथै उनले अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले आवश्यक ध्यान नदिएकोप्रति आपत्ति समेत जनाए ।

अभियानकर्मी ‘ई’ गत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बस्दै आएका छन् । यसअघि पनि उनी पहिलो पटक ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए ।–रासस

सम्बन्धित समाचारहरु