#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31946725978203743899623529526
नेपाल678044361741449954

पर्सामा थप ३५ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ५४२

file photo

वीरगन्ज ।
पर्सामा आइतबार साँझ थप १ भारतीयसहित ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जमा बस्दै आएका १ भारतीयसहित ३५ जनामा आइतबार बेलुकी संक्रमण पुष्टि भएको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ। आइतबार संक्रमण पुष्टि भएका ३५ मध्ये वीरगन्ज महानगरपालिका ११ का मात्रै २७ जना छन् ।

यस्तै वीरगन्ज महानगरपालिका १०, १५ र ४ का १, १ जनामा पनि आइतबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर नीरज सिंहले जानकारी दिए।

वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका १ सेना र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत १ जना प्रहरीमा पनि संक्रमण भेटिएको छ । पर्साको सुखवा प्रसौनी गाँउपालिका र जीराभवानी गाउँपालिका १-१ जनामा आइतबार संक्रमण पुष्टि भएको डाक्टर सिंहले जानकारी दिए।

आइतबार साँझ ३५ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या ५ सय ४२ पुगेको छ । यसअघि शनिबार रातिको परीक्षणमा पनि पर्साका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार राति पनि पर्सामा एक सांसदसहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो।

सात जना डिस्चार्ज

यसैबीच वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालबाट आइतबार सात जना कोरोना बिरामी डिस्चार्ज भएका छन्। कोभिड अस्पतालबाट आइतबार बेलुकी ४ महिला र ३ पुरुष गरेर ७ जनालाई डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक डाक्टर नीरज सिंहले जानकारी दिए।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु