#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
बनेपा ।काभ्रेका धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले आज जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएका छन् । ती नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै आज साउन १९ गते रक्षा बन्धन पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन् ।नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय एवं सङ्घसंस्थालाई सार्वजनिक बिदा दिने मण्डनदेउपुर नगरपालिका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष डिल्लाप्रसाद आचार्यले बताए ।यता धुलिखेल नगरपालिकाले २० गते पनि गाईजात्रा पर्वको दिन सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ । यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नेपाल समाचारपत्रबाट

काभ्रेका धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा

बनेपा ।

काभ्रेका धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले आज जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएका छन् । ती नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै आज साउन १९ गते रक्षा बन्धन पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन् ।

नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय एवं सङ्घसंस्थालाई सार्वजनिक बिदा दिने मण्डनदेउपुर नगरपालिका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष डिल्लाप्रसाद आचार्यले बताए ।

यता धुलिखेल नगरपालिकाले २० गते पनि गाईजात्रा पर्वको दिन सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ । यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार