#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30982249961373743829622582580
नेपाल627974011712945267

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले घर पुरियो, ८ जना बेपत्ता

सिन्धुपाल्चोक ।

एक पछि अर्को पीडा थपिने गरेको सिन्धुपाल्चोकमा फेरि अर्को पीडा थपिएको छ । मेलम्चीमा गए राति गएको पहिरोमा परि ८ जना बेपत्ता  भएका छन् ।

रातभरि परेको अविरल वर्षासँगै पहिरो खसेर घर पुरिएपछि ८ जना बेपत्ता भएका हुन् ।

वाग्मती प्रदेश सरकारले निर्माण थालेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरिंदा ८ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । पहिरोमा ९ जना पुरिए पनि १ जनाको भने जिवितै उद्दार गरिएको बताइएको छ ।

स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उद्दार गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

सिन्धुपाल्चोकमा यस अघि पनि गएको असार २५ गते बाह्रबीसेमा पहिरोमा परि २२ जना बेपत्ता छन् । ३ जनाको मृत्यु भएको थियो भने फुल्पिंगकट्टीमा ५ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचारहरु