#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30536622953029737705522206538
नेपाल615933901738343820

त्रिविको ताला खोल्न अन्तरिम आदेश

काठमाडौं ।

उच्च अदालत पाटनले त्रिविका तीन पदाधिकारी, सेवा आयोग र डीन कार्यालयमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रामबहादुर थापाको इजलासले ताला खोल्न अन्तरिम आदेश दिएको हो ।

नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले साउन ५ गते तालाबन्दी गरेका थिए । तालाबन्दी खोल्न माग गर्दै त्रिविका कर्मचारीले रिट दायर गराएका थिए । न्यायाधीस थापाले रिटको सुनुवाइ गर्दै ताला खोल्न आदेश दिएका हुन् ।

संघले एकलौटी रुपमा भएका नियुक्ति बदर गरी योग्यता क्षमता र विशिष्टताको आधारमा पुनः नियुक्ति गर्नुपर्ने माग गरेको थियो । संघका अध्यक्ष सहप्राध्यापक जगत तिमल्सिनाले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डीन र क्याम्पस प्रमुखले राजीनामा दिएपछि मात्रै वार्ता गर्ने बताएका थिए ।

संघले ताला लगाएको भोलिपल्ट नेविसंघ र गएको आइतबार लोकतन्त्रवादी प्राध्यापक संघले ताला लगाएको थियो । तालाबन्दीका कारण त्रिविका आर्थिक, प्रशासनिक काम ठप्प भएको थियो ।

तालाबन्दी खोल्ने आदेश दिएपछि प्रतिक्रिया दिँदै संघका अध्यक्ष तिमल्सिनाले अब केन्द्रीय समितिको बैठकले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । कस्तो कार्यक्रम घोषाण गर्ने भन्ने विषयमा एक दुई दिनभित्र निर्णय गर्ने उनले बताए।नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार