पूर्व राष्ट्रिय फुटबलर रन्जित कोरोना संक्रमित

पूर्व राष्ट्रिय फुटबलर रन्जित कोरोना संक्रमित


नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रन्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। हाल दुबईमा रहेका उनी सेल्फ आइसोलेशनमा छन् ।

रन्जित आफैले सामाजिक सन्जालमार्फत आफु कोरोना संक्रमित भएको जानकारी दिएका हुन्। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको फेसबुकमा राखिएको भिडियोमार्फत उनले जानकारी दिएका छन्।

रन्जित तीन वर्षयता दुबईमा छन्। त्यसअघि उनी दक्षिण कोरियामा पनि केही वर्ष काम गरेका थिए। कुनै समय निकै प्रतिभावान मिडफिल्डरको पहिचान बनाएका रन्जित अचानक वैदेशिक रोजगारीका लागि विदेशतर्फ लागेका थिए।

उनले घरेलु फुटबलमा थ्रीस्टार,संकटा, फ्रेण्ड्स र एनआरटीबाट खेलेका छन्। झापा चन्द्रगढीका रन्जितका भाई रुपकले पनि ए डिभिजन लिग फुटबल खेलेका छन्।

Logo