#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32644627990797757800524075825
नेपाल706144591828951866

टिस्टुङको हिले नाच स्थगन

मकवानपुर ।

मकवानपुरको थाहा नगरपालिका वडा नं १ का कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्षको जनैपूर्णिमाको दिन देखाउने हिलेनाच यस वर्ष स्थगित भएको छ ।

सरकारले बन्दाबन्दी खोले पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले नाच स्थगित गरिएको कुन्छालका शिक्षक निराजन गोपालीले जानकारी दिए । परम्परा अनुसार कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्ष जनै पूर्णिमाको दिन आलोपालो गरी नाच देखाउँदै आएका थिए । अघिल्लो वर्ष कुन्छालले तयार पारेको यस नाच यस वर्ष कुलगाउँको जिम्मेवारीमा परेको थियो ।

दुईमध्ये एउटा गाउँमा तयार पारिएको नाच पहिले आफ्नो गाउँमा देखाएर जनैपूर्णिमाकै दिन अर्को गाउँमा लैजाने चलन रही आएको छ । नाचमा परम्परागत कृषि कर्म अन्तर्गत धान रोपाइँका विभिन्न भूमिकालाई नाच र अभिनयमार्फत प्रदर्शन गर्ने गरिन्छ ।रासस

सम्बन्धित समाचारहरु