#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32450177988274751033023951573
नेपाल693014531843750411

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु, मेलम्ची पहिरोमा हराएका आठ शव फेला

सिन्धुपाल्चोक।

मेलम्ची पहिरोमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गए राति आएको पहिरोमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ ।

बरुवामा घर पुरिंदा दुई जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिरोले एक घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षेत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए। गएराति गएको पहिरोले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् ।

उनीहरुका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौँ आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् । गएरातिको पहिरोले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्याएको अध्यक्ष लामाले बताए । “कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्”, उनले भने, “गाउँपालिकाभरि पहिरोले क्षतविक्षत बनाएको छ ।”

भोटेकोशी गाउँपालिकाका बाढीपीडितलाई म्याट्रेस

नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बाढीपीडितका लागि तीन लाख ५० हजार बराबरको म्याट्रेस सहयोग गरेको छ । उक्त सहयोग आज गाउँपालिका प्रमुख राजकुमार पौडेललाई हस्तान्तरण गरिएको हो ।

विपत्तिको यस घडीमा सहयोग गर्न पाएकामा नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले खुशी व्यक्त गरेको छ । यो विपत्मा सहयोगको हात फैलाउने सङ्घप्रति गाउँपालिका अध्यक्ष पौडेलले आभार प्रकट गरे। गत असार महिनाको बाढीपहिरोले भोटेकोशी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको थियो भने कैयौँ घरबारविहीन भएका थिए ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार