नेपालमा कोरोना संक्रमितको संख्या १२१

नेपालमा कोरोना संक्रमितको संख्या १२१


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । पछिल्लो पटक थपिएका नयाँ संक्रमित सप्तरीका हुन् । उनी १८ वर्षिय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज विहान पनि थप १० जना नयाँ संक्रमित भेटिएका थिए ।

हाल सम्म १२१ जना संक्रमित रहेकामा ३३ जना भने निको भएका छन् । बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ ।

आज विहान देखिएका सबै १० जना नै कपिलवस्तुका रहेका थिए । उनीहरु यशोधरा र बुद्धभूमि गाउँपालिकाका रहेका छन् । संक्रमितहरुको उमेर १८,१९,२०,२०, २४, ३०, ३१,३४,३४ र एक जनाको उमेर खुलेको छैन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Logo