#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30410591951519736612422092948
नेपाल615933901738343820

जापान जान ‘नो अब्जेक्सन लेटर’ का लागि निवेदन दिनेको भीड

काठमाडौं ।

नेपालस्थित जापानी दूतावास अगाडी जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ ।

विदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै विदामा नेपाल आएकाहरु यतै रोकिएका थिए । जापान सरकारले अगस्ट ५ बाट जापानले नेपालीहरुको प्रवेश खुला गरेपछि ‘नो अब्जेक्सन’ लेटर दूतावास आउनुपरेको सेवाग्राहीले बताएका छ न् ।

नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका रोजगारी गरिरहेका र विदामा नेपाल आएका नागरिकहरु मात्रै जान पाउनेछन् ।

दूतावासले नो अब्जेक्सन लेटर दिएपछि जापान उड्नु भन्दा ७२ घण्टा अगाडी कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ । उपत्यकासहित देशभरी संक्रमणको जोखिम बढे पनि दूतावासमा सेवा लिन आउनेहरुले मास्क लगाउने बाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको भने देखिँदैन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार