ला लिगाका पाँच खेलाडीमा कोरोना पुष्टि

ला लिगाका पाँच खेलाडीमा कोरोना पुष्टि


एजेन्सी । स्पेनको ला लिगा फुटवल खेल्ने पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ला लिगाले आइतबार गरेको पछिल्लो परीक्षणमा पाँच खेलाडीमा संक्रमण देखिएको हो । संक्रमितहरुमा लक्षण नै नदेखि कोरोना पुष्टि भएको जनाइएको छ ।

ला लिगाले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन । कोरोना देखिएका पाँच खेलाडीलाई आइसोलेसनमा राखिएको उल्लेख गरिएको छ । पछिल्लो समय ला लिगाका खेलाडीको परीक्षणलाई तीव्रता दिएको छ । क्लबले प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीको परीक्षण गरेकाे हो ।

कोरोना भाइरसको महामारीका कारण स्थगित ला लिगाका खेलहरु आगामी जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । खेल बन्द रंगशालामा खेलाईने छ ।

Skip This
Logo