#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31850128976559742366223449907
नेपाल678044361741449954

उद्योग वाणिज्य महासंघ निर्वाचन : के हुँदैछ २१ गतेको बैठकमा ?

काठमाडौं ।
साउनको अन्तिम साता तोकिएको उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचनको मिति सरेपछि महासंघका किचलो भएको छ ।

कोरोना संक्रमण बढेपछि सरकारले धेरै जना भेला गर्न र सभा सम्मेलन नगर्न निर्देशन दिएको थियो । सोही कारण देखाउँदै महासंघले पूर्व अध्यक्षहरु डाकेर छलफल गरी निर्वाचनको मिति पुनः सारेको थियो । महासंघले निर्वाचनको मिति सारेपछि असन्तुष्ट बनेको चन्द्र ढकाल समूहले निर्वाचन गराउनु पर्ने माग गर्दै आएको छ ।

महासंघले आगामी २१ गतेका लागि पुनः कार्यासमिति बैंठक डाकेको छ । कोरोना संक्रमणका कारण महासंघको साधारण सभा तथा निर्वाचन पटक पटक सरेपछि यस विषयमा छलफल गर्न वैठक डाकेको महासंघले जनाएको छ । सरकारले कोरोनाका कारण चैत ११ गते देखि लकडाउन गरेपछि चैतको अन्तिम साता हुने भनिएको महासंघको निर्वाचन साउनमा गर्ने गरी स्थगित भएको थियो ।

महासंघको विधान अनुसार महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा छन् । उनी स्वतः अध्यक्ष हुँदैछन् । महासंघको चुनावमा मूख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा हुने गर्छ । जुन पदका लागि आकांक्षीहरुले चर्काे प्रतिस्पर्धा पनि गर्दै आएका छन् । यसपटक उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । उपाध्यक्षद्वय ढकाल र प्रधानवीचको चुनाव निकै रोचक हुने बताइएको छ । उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर प्रचारप्रसार तथा भेटघाटलाई तीव्र बनाएका थिए । व्यवसायी ढकाल जिल्ला/नगर उपाध्यक्ष गुणनिधी तिवारी, एसोसियट उपाध्यक्ष, रामचन्द्र सांघाई, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।

त्यस्तै,अर्का वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान एशोसियट उपाध्यक्ष सौरभ ज्योति, बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् ।

व्यवसायीहरुले उम्मेद्वारी घोषणा गर्दै प्रचारप्रसार गरेर नीजि क्षेत्र तातेको भए पनि अब भने केही समय सेलाउने देखिएको छ । नयाँ मिति नतोकिँदासम्म महासंघको निर्वाचन अन्योल नै देखिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार