#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31629960971800743280323225357
नेपाल666324291814248061

चिनियाँ जहाजको विकल्प खोज्दै वायु सेवा निगम

काठमाडौं ।

नेपाल वायु सेवा निगमले चिनियाँ जहाजको सट्टा अरु जहाज ल्याउने विषयमा छलफल थालेको छ ।

वाई–१२ ई तथा एमए ६० गरी दुई मोडेलका चिनियाँ जहाज ग्राउण्डेड गर्ने निर्णय भएपछि निगमले चिनियाँ जहाजको विकल्प खोजेको हो । निगमका उडान रुटहरुमा सेवा सुचारु गर्न चिनियाँ जहाजको विकल्पबारे निगम संचालक समितिले प्रारम्भिक छलफल अघि बढाएको निगमले जनाएको छ । निगमले आन्तरिक उडानमा क्षमता विस्तार गर्न चिनियाँ जहाज मोर्डर्न आर्क ६२ र वाइ १२ ई जहाजको विकल्प खोजेको हो ।

निगमले एटीआर ४२–६०० एस र ट्विनअटर जहाजलाई प्राथमिकतामा राखेर छलफल अघि बढाएको निगमले जनाएको छ । निगमले हुम्ला, जुम्ला, बझाङ, ताप्लेजुङ, दाङ, रुम्झाटार, बैतडी लगायत विकट स्थानमा ट्विनअटरसँगै एटिआरको जहाज संचालन गर्न अध्ययन गर्ने विषयमा पनि छलफल भएको छ । एटिआरको जहाज क्षमता र व्यवसायिक हिसाबले निकै उपयोगी मानिन्छ ।

सम्बन्धित समाचारहरु