#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30356725950625735985822046242
नेपाल595733831624142949

१५१ स्थानीय तहले उपलब्ध गराएनन् बजेटको विवरण

काठमाडौं ।

१५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७७/७८ को पेश गरेको बजेट विवरण पठाउन पटकपटक निर्देशन दिए पनि अझै पनि १५१ स्थानीय तहले बजेट विवरण नपठाएका हुन् ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार अहिलेसम्म ६०२ स्थानीय तहले मात्र आफूले पेश गरेको बजेटको विवरण मन्त्रालयमा पठाएका छन् ।

पेश नगर्ने स्थानीय तहमा प्रदेश नं १ का २२, प्रदेश नं २ का ६६, वाग्मती प्रदेशका २०, गण्डकी प्रदेशका १०, प्रदेश नं ५ का ६, कर्णाली प्रदेशका ५ र सुदूरपश्चिम प्रदेशका २२ वटा रहेका छन् । मन्त्रालयका प्रवक्ता अधिकारीले पुनःविवरण पठाउन निर्देशन दिएको बताए। गत असार १० गतेभित्र सबै स्थानीय तहले आव २०७७/७८ को बजेट पेश गरेका थिए । स्थानीय तहले पेश गरेको बजेट मन्त्रालयमा बुझाउनु पर्ने हुन्छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार