#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33058423998745764993324409745
नेपाल718214671834153013

एसिड आक्रमण गर्नेलाई कडा कारवाही गर्न निर्देशनदेखि देशभर युरिया अभावसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये संसदीय समितिले एसिड आक्रमण गर्नेहरुलाई दिने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले एसिड आक्रमणका पीडितसँग छलफल गर्दै कडा कारवाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो । त्यसका लागि समन्वय गर्न महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महिला आयोगलाई समेत निर्देशन दिइको छ ।

त्यस्तै सत्तारुढ दल नेकपाका दुई अध्यक्ष बीच आज पनि सहमति जुट्न सकेको छैन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफलमा सहमति जुट्न नसकेको हो ।

पछिल्लो तीन सातादेखि नेपालमा कोरोना भाइरसको सङक्रमण समुदायस्तरमा नै देखा परेको छ । सरकारले लकडाउन अन्त्य गरेसँगै बढ्दो भीडभाड र असावधानीका कारण संक्रमणको दर ह्वात्तै बढेको हो । सोमबार मात्रै ४ सय १८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तैगरी सरकारले लकडाउन खुकुलो बनाएसँगै गत जेठ २२ गतेदेखि सुन बजार खुलेपनि कारोबार भने ठप्प छ । सुनको भाउमा हरेक दिन जसो वृद्धि हुन थालेपछि सिजनको यो समयमा पनि कारोबार ठप्प भएको हो ।
पछिल्लो समय मुलुकभर युरिया मलको अभाव भएको छ । कृषि सामाग्री कम्पनीले समयमा नै मल आयात गर्न नसक्दा देशभर युरिया मलको अभाव भएको हो । नेपाल युरिया मलमा पूर्ण रुपमा भारतसँग निर्भर रहेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु