#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33055777998739765051724406521
नेपाल718214671834153013

सुनको मूल्य आज सम्मकै उच्च, कति पुग्यो ?

file photo

काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज सम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रतितोला २ सयले बढ्दै ९९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

गत हप्ता सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन बुधबार भने ३ सयले बढेको थियो । विहिबार ५ सयले बढेर सुन प्रतितोला ९९ हजारमा कारोबार भयो । साताको अन्तिम दिन शुक्रबार पनि ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

यो हप्ता आइतबार ३ सयले बढेको सुन सोमबार स्थिर रहेको थियो । आज पनि ३ सयले बढ्दै सुन ९९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी १२३० मा कारोबार भइरहेको छ ।

मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

सम्बन्धित समाचारहरु