#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33053209998716764856924405924
नेपाल718214671834153013

नेकपा नेतासँग प्रधानमन्त्री ओलीको आपत्तिदेखि कालापानी क्षेत्रमा भारतको कडा निगरानीसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा आफ्नै पार्टीका नेता तथा कार्यकर्ता गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित विज्ञहरुसहितको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुुरा बताएका हुन् । उनले नेकपाकै नेताहरु संकटको बेला गम्भीर बन्न नसकेको आरोप समेत लगाए ।

त्यस्तै सरकारले लकडाउनको अन्त्य गरेसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन अन्त्य भएको १४ दिनमा ३ हजार १५ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएसँगै अटो व्यवसायमा पनि कतै सकारात्मक त कतै नकारात्मक असर परेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण देशको अर्थतन्त्र धरासायी हुँदा ठूला सवारीको व्यापार घटेपनि साना सवारीको विक्रि बढ्दो छ ।

त्यस्तैगरी सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतम बीच भेटवार्ता भएको छ । मंगलबार बिहान ११ बजे गौतम निवास भैंसेपाटीमा अध्यक्ष दाहाल र उपाध्यक्ष गौतम बीच भेटवार्ता भएको हो । आजको भेटवार्तामा गौतमले राखेको ६ बुँदे प्रस्तावका विषयमा करिब ४५ मिनेट छलफल भएको जनाइएको छ ।

भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बर बनाएर कडा निगरानी गरेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतीय पक्षले हजारौँको संख्यामा सुरक्षाकर्मी खटाउँदै कडा निगरानी गरेको हो । पछिल्लो समय सीमा विवादका कारण नेपाल भारत बीचको सम्बन्धमा चिसोपन छाएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु