एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद्–पत्रकार महासंघ

एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद्–पत्रकार महासंघ


काठमाडौं । नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करीब २२ किलोमिटर सडक निर्माण गरेको घटना दुःखद् भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्तिमार्फत दुई देशबीच सहमति र सन्धि भई सीमाङ्कन भइसकेका अवस्थामा भारतद्वारा त्यसलाई उपेक्षा गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद् भएको उल्लेख गरेका छन् ।

भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नाका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल पुग्ने खतरा बढेको महासंघको ठहर छ । महासंघले भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।– रासस

Logo