#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31749508974015741205923363434
नेपाल666324291814248061

काठमाडौं उपत्यकामा आज ६२ जना नयाँ संक्रमित थपिए

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ६२ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका मध्ये काठमाडौंमा ५७ र ललितपुरमा ५ जना रहेका छन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । आज ३८१ जना थपिएका छन् । मंगलबार २५९ जना थपिएका थिए । सोमबार ४१८ जना थपिएका थिए । आइतबार २४६ जना थपिएका थिए । यस्तै शनिबार ३१५ जना थपिएका थिए । आज ६ हजार ३५९ जनाको पिसिआर परिक्षण गरिएको छ । अब सक्रिय संक्रमितको संख्या ६ हजार १७६ जना छ ।

यस्तै निको हुनेको संख्या १५ हजार १५६ जना पुगेको छ । आज १३० जना निको भएका छन् । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । आइतबार १११ जना निको भएका थिए । यस्तै शनिबार ९३ जना निको भएका थिए । ७० प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ५८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्ला कोरोना मुक्त भएका छन् ।

सम्बन्धित समाचारहरु