#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31751073974065740954723367461
नेपाल666324291814248061

अवस्था हेरेर लकडाउन गर्न सुझावदेखि गुट छोडेर पार्टी एकतामा लाग्ने वामदेव गौतमको घोषणासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये कोरोना संक्रमणको अवस्था हेरेर पुनः लकडाउन गर्न उद्योगी तथा व्यवसायीहरुले सरकारलाई सुझाव दिएका छन् । सरकारले देशभर कोरोना भाइरसको जोखिम बढेको भन्दै पुनः लकडाउनको तयारी गरेको बेला उद्योगी व्यवसायीले त्यस्तो सुझाव दिएका हुन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने वा नगर्ने भन्ने बारे छलफल गर्न सर्वपक्षीय बैठक राखेका थिए ।

त्यस्तै लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी १ सयभन्दा बढीको ज्यान गएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् । करिब २ हजार ७ सय ५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको गोदाममो विस्फोट भएको जनाइएको छ ।

कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य नेपाली बजारमा बुधबार अप्रत्यासित रुपमा बढेको छ । मंगलबार प्रतितोला ९९ हजार ८ सय रुपौयाँमा कारोवार भएको सुन बुधबार १ हजार ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

त्यस्तैगरी मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तक छनोट गरेको छ । २०७६ मा प्रकाशित भएका १ सय ५१ पुस्तकहरुमध्येबाट पुरस्कारका लागि ७ पुस्तक छनोट गरिएको हो । गुठीले मदन पुरस्कारका लागि विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित बिष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ छनोट गरेको छ ।

सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले कुनै पनि गुटमा नलाग्ने बताएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा गौतमले त्यस्तो बताएका हुन् । अब, आफू कुनै नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ भएर लाग्ने उनको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु