#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31749508974015741205923363434
नेपाल666324291814248061

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं ।

सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र अधिकारीका अनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षण गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ ।रासस

सम्बन्धित समाचारहरु