‘नेपाली भूमिमा भारतले बाटो बनाएको सरकारलाई थाहा छ’-मन्त्री ज्ञवाली (भिडियोसहित)

‘नेपाली भूमिमा भारतले बाटो बनाएको सरकारलाई थाहा छ’-मन्त्री ज्ञवाली (भिडियोसहित)


काठमाडौं । नेपाली भूमिमा भारतले बाटो बनाएको विषयमा सरकार जानकार रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

सडक निर्माणबारे सरकारलाई थाहा रहेको भन्दै त्यसका लागि पहल थालिएकको उनको भनाइ छ । मन्त्री ज्ञवालीले भने–‘यो निर्माणका बारेमा सरकारलाई थाहा नहुने भन्ने कुरा नै भएन । अतिक्रमित सीमा फिर्ता ल्याउनेबारे पहल भइरहेको छ ।’

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको थियो । जसको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । भारतीय पक्षले एकतर्फी बाटो खोलेको भन्दै नेपालमा व्यापक विरोध हुँदै आएको छ ।

Logo