#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31763721974546742075923368416
नेपाल666324291814248061

‘लकडाउनले २२.५ प्रतिशत मजदूरले रोजगार गुमाए’ : राष्ट्र बैंक

काठमाडौं ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनका कारण उद्योग व्यवसाय बन्द हुँदा २२.५ प्रतिशत मजदूरले रोजगारी गुमाएका छन् ।

नेपालल राष्ट्र बैंकले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असर सम्बिन्ध गरेको सर्वेक्षणले २२.५ प्रतिशत कामदारले रोजगार गुमाएको र १८.२ प्रतिशत कामदारले तलब कटौती भएको देखाएको छ।

सबैभन्दा धेरै कर्मचारी कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट क्षेत्र रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । सो अवधिमा घरेलु उद्योग र लघु उद्यम, साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी, कामदार कटौती गरेका छन् ।

ठूला उद्योग, व्यवसायहरुले अन्यको तुलनामा धेरै तलब कटौती गरेको अध्ययनले देखाएको छ । लकडाउनको अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग, व्यवसाय पूर्णरुपमा सञ्चालनमा रहेका, ३५ प्रतिशत उद्योग, व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत पूर्णरुपमा बन्द रहेका पाइएका छन् ।

लकडाउनको अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन कारोबार घटेको जनाएका छन् । सहभागीमध्ये ०.९ प्रतिशत उद्योग व्यवसायहरुको उत्पादन÷कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन कारोबार पूर्ववत देखिएको छ ।

तीन वर्ष वा सोभन्दा कम अवधि सञ्चालनमा रहेका नवप्रवर्तन उद्योग व्यवसायहरुको सहभागिता २३.७ प्रतिशत रहेको छ । उद्योग व्यवसायको आकारको आधारमा सर्वाधिक ४२.७ प्रतिशत उत्तरदाता लघु उद्यम साना खुद्रा व्यापार समूहका रहेका छन् सबैभन्दा थोरै ४.३ प्रतिशत उत्तरदाता ठूला उद्योग समूहका रहेका छन् । उद्योग व्यवसायमाथि उठ्नको लागि तीन वर्ष लाग्ने आंकलन पनि गरेको छ ।

त्यस्तै, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै (३६.४ प्रतिशत) तलब कटौती भएको देखिएको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रपछि यातायात तथा भण्डारण क्षेत्रमा ३१.२ प्रतिशत र शिक्षा क्षेत्रमा सबैभन्दा कम (५.६ प्रतिशत) कर्मचारी/कामदार कटौती गरेको पाइएको छ भने शिक्षा क्षेत्रमा २१.१ प्रतिशतले तलब कटौती भएको छ ।

स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा ५.४ प्रतिशतले तलब कटौती गरेको पाइएको छ भने खानी तथा उत्खनन क्षेत्रमा तलब कटौती भएको देखिएको छैन ।

सम्बन्धित समाचारहरु