#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31763132974535742113523367462
नेपाल666324291814248061

केकी र प्रकाश सपुतसँग अन्तरंग : ‘विषम परिस्थितिलाई पनि सृजनशील बनाउँने प्रयास गर्‍यौं’ (भिडियोसहित)

काठमाडौं । निर्माणाधिन चलचित्र ‘परदेशी’ दुईमा एक साथ काम गरिरहेको जोडी हो, प्रकाश सपुत र केकी अधिकारी । यही जोडीले लकडाउनको समय सदुपयोग गर्दै नयाँ गीत बजारमा ल्याएका छन्, गीत होः ‘बदला बरिलै’ ।

नेपाली समाज अनि महिलाहरूप्रति राखिने दृष्टिभाव र नेपालको कानुनी व्यवस्थाप्रति व्यंग्यात्मक गीत हो, ‘बदला बरिलै’ । देवी घर्तीको आवाजमा रहेको गीतलाई सपुत आफैंले लेखेका हुन् भने गीतमा सपुतकै संगीत सुन्न सकिन्छ ।

यसैगरि गीतको म्युजिक भिडियोलाई पनि सर्जक सपूत स्वयंले संगीत गरेका छन् । भिडियोमा अभिनेत्री केकी अधिकारी र ध्रुर्व कोइरालालाई देख्न सकिन्छ भने नायिका अधिकारीको भूभिका शसक्त रुपमा प्रस्तुत गरिएको छ ।

बदलिदो समाजका अनेक दृष्टान्तहरूलाई सांकेतिक स्वरुप प्रदान गर्दै सार्वजनिक गरिएको गीत, तयार म्युजिक भिडियो र प्रस्तुत गर्न खोजिएको सन्देस सबै हिसाबमा शसक्त भएकै कारण उक्त गीत युट्युवको शीर्ष ट्रेन्डिङमा छ ।

अर्कातर्फ नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि उल्लेख्य उपस्थिति जनाउँदै आएकी केकी अधिकारी र नेपाली लोक तथा दोहोरी क्षेत्रमा नयाँ आयाम बोकेर आएका प्रकाश सपुतको चर्चा दिनहुँ बढ्दो छ । तर, विश्व महामारीका रूपमा रहेको कोरोना भाइरस र त्यसको असरका कारण हरेक कलाकारझैं उनीहरू पनि केही फुर्सदिला बनेका छन् । यद्यपि यो फुर्सदिलो समयलार्ई दुबैजनाले आ–आफ्नै ढंगबाट सृजनसिल बनाउँने प्रयास गरेको बताउँछन् ।

प्रस्तुत छ यीनै समसामयिक विषयमा रहेर केन्द्रविन्दुका लागि मनोज न्यौपानेले गरेको यो विशेष भिडियो अन्तर्वार्ता :

 

 

सम्बन्धित समाचारहरु