#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31741460973907740813423359419
नेपाल666324291814248061

प्रधानमन्त्रीले जनतासँग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो–गगन थापा

फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासँग डर र लाज मान्न छाड्नु अशुभ संकेत भएको बताएका छन् । बुधबार साँझ ट्वीट गर्दै नेता थापाले सो कुरा बताएका हुन् । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कुर्ची र आफ्नालाई पोस्ने स्वार्थ मात्र भएको आरोप लगाएका छन् ।

‘लगानी बोर्डको (सिइयो) नियुक्ति प्रकरणः लाल बिचौलियावादको अर्को उदाहरण @PM_Nepal लाई न लोकसँग कुनै डर छ न विधिसंग । छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ । निर्लज्जता’– नेता थापाले ट्वीट गर्दै लेखेका छन्–‘प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो ।’

सम्बन्धित समाचारहरु