#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30734956957189741542022362347
नेपाल627974011712945267

कपनस्थित केयर बाल गृहबाट एघार बालबालिकाको उद्धार

काठमाडौं ।

काठमाडौँको कपनस्थित केयर बाल गृहबाट बुधबार ११ बालबालिकाको उद्धार गरिएको छ ।

उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो ।

अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिइन् ।

भुषालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ । केही दिन अघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा बालक भेटिएको भनी प्रचार भएको थियो ।

विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा बालक लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार