#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31227480965030744114922821301
नेपाल641224111747846233

एकै दिन ५ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । आज ५ जनाको मृत्यु भएको छ । पर्साका ३ जना, सर्लाही र सिरहाका १/ १ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १०६ जना संक्रमित थपिएका छन् । जस मध्ये भक्तपुरमा ४, ललितपुरमा १० र काठमाडौंका ९२ जना छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । आज ४६४ जना थपिएका छन् । विहिबार ३६० जना थपिएका थिए । बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । यस्तै सोमबार ४१८ जना थपिएका थिए । आज ६,३३० जना सक्रिय संक्रमित छन् । आज ७ हजार ९२६ जनाको पिसिआर परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या १५ हजार ८१४ जना पुगेको छ । आज ४२५ जना निको भएका छन् । विहिबार २३३ जना निको भएका थिए । बुधबार १३० जना निको भएका थिए । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । यस्तै आइतबार १११ जना निको भएका थिए । ७०‍ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ७० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार