#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31231475965065744415022822260
नेपाल641224111747846233

प्रधानमन्त्रीसहित अन्य ६ जनाको कोरोना रिर्पोट नेगेटिभ

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिर्पोट नेगेटिभ आएको छ । शुक्रबार बिहान लिइएको स्वाबमा प्रधानमन्त्रीसहित अन्य ६ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

शुक्रबार प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीकाे स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएका सबैको रिर्पोट नेगेटिभ आएको संसदीय सचिवालयका स्वास्थ्य शाखा प्रमुख डा. पुष्प रिजालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु