कोरोना अपडेटः किटको अभाव छैन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोरोना अपडेटः किटको अभाव छैन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


काठमाडौं । कोरोना परीक्षका लागि आवश्यक पर्ने किटको अभाव नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणका लागि आवश्यक किट पर्याप्त भएको जानकारी दिएका हुन् । उनका अनुुसार देशभर परीक्षणका लागि आवश्क पर्ने किट करिब ५० हजारको संख्यामा रहेको छ ।

त्यस्तै प्रवक्ता डा. देवकोटाले दिएको जानकारी अनुसार देशभर १६ हजार ३ सय ९ पीसीआर परीक्षण गरिएको छ । भने ५५ हजार ९ सय ३० आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ नमुना परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १४ हजार ५ सय ९२ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या १ सय ४३ रहेको छ । जसमा उपत्यकामा २ र उपत्यका बाहिर १ सय ४१ जना रहेका छन् ।

त्यस्तैगरी शनिबारसम्म देशभर संक्रमितको संख्या १ सय ९ पुगेको छ । जसमा पुरुष ७८ र महिला ३१ जना रहेका छन् । नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३१ पुगेको छ ।

Skip This
Logo