#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31231209965063744388822822258
नेपाल641224111747846233

कोरोनामा उद्योगीलाई बीमा गर्दा राहत, प्रिमियममा छुट

काठमाडौं ।

कोरोना संक्रमणमा परेका उद्योग व्यवसायीलाई बीमा समितिले राहत दिएको छ ।

उद्योग व्यवसायहरुले लकडाउनको समयमा तिर्नु पर्ने प्रिमियममा छुट पाउने भएका छन् । समितिले लकडाउनको अबधिमा संचालन नभएका उद्योग व्यवसायको प्रिमियममा छुट दिने व्यवस्था गरेको हो । लकडाउनको अवधीमा संचालन नभएका उद्योग व्यवसायहरुले आफूले तिर्नुपर्ने प्रिमियम तिर्न समस्या भएपछि उद्योग व्यवसायीले यस विषयमा बीमा समितिसँग छुटका लागि आग्रह गर्दै आएका थिए ।

व्यवसायीहरुको आग्रहलाई मध्यनजर गर्दै समितिले शुक्रबार उनीहरुलाई छलफलमा बोलाएको थियो । समिति र व्यवसायीहरुको सो छलफलले प्रिमियममा छुट दिने निर्णय गरेको हो । यो निर्णयसँगै उद्योग व्यवसायीहरुले प्रिमियममा एक तिहाई छुट पाउनेछन् । यस्तो निर्णयले उद्योग व्यवसायीहरुलाई राहत भएको छ । सो छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल विमक संघ उपस्थित थिए ।

सम्बन्धित समाचारहरु