लण्डनमा कोरोनालाई जित्दै कलाकार ‘वेलासे’

लण्डनमा कोरोनालाई जित्दै कलाकार ‘वेलासे’


काठमाडौं ।

बेलायतमा विश्व महामारी कोरोनाबाट संक्रमण भएपछि उपचार गराइरहेका कलाकार सुवास कार्की ‘वेलासे’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तैपनि पूर्णरुपमा ठिक हुन ६ हप्ता लाग्ने भएकाले उनी अस्पतालकै निगरानीमा रहनेछन् । करिव २ हप्ता अघि उनलाई कोरोना पोजेटिभ देखिएपछि उपचार गराइरहेका थिए ।

‘वेलासे’ हाँस्य टेलिसिरियल भद्रगोलमा एक समय निकै रुचाइएका पात्र हुन् । करिव २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनी अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लडिरहेका छन् ।

केन्द्रबिन्दुसँग कुराकानी गर्दै उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्नु हुने आफन्त, साथीभाई र शुभेच्छुक सबै प्रति आभार व्यक्त गरेका छन् । ‘सबैको मायाले म ठिक हुने क्रममा छु । अस्पतालले केही समस्या परेमा तुरुन्तै आउनु भनेको छ । आजदेखि धेरै सुधार भएको छ ।’- उनले भनेका छन् । साथै उनले लण्डनमा आफूलाई सहयोग गर्ने , घर सम्म नै औषधि र खाद्यान्न ल्याइदिने सबै सहयोगी प्रति पनि धन्यवाद दिएका छन् ।

 

Logo