#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31020220962007743708922621124
नेपाल627974011712945267

कोरोना संक्रमितको अस्पतालमा चाप बढ्योदेखि टिकटक प्रतिबन्ध लगाउने अमेरिकाको घोषणासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । अस्पतालमा क्षमताभन्दा बढी संक्रमित आउन थालेपछि बिरामी राख्ने शैय्याको समेत अभाव हुन थालेको हो ।

त्यस्तै मुलुकमा कोभिड–१९ संक्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आ–आफ्ना क्षेत्रमा देखिएको संकट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय गर्दै कोभिड–१९ विरुद्ध सक्रिय भएका हुन् ।

राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी रावल थापा शुक्रबार निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तैगरी सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गुटले आयोजना गर्न लागेको सम्पादकहरुसँगको छलफल स्थगित भएको छ । शुक्रबार राजधानीको एक होटलमा गर्ने भनिएकोे बैठक प्रचण्डको दबाबका कारण स्थगित भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु