कोरोना अपडेट : विश्वभरी ४० लाख २८ हजार ९६० संक्रमित, २ लाख ७६ हजार ३९६ जनाको मृत्यु

कोरोना अपडेट : विश्वभरी ४० लाख २८ हजार ९६० संक्रमित, २ लाख ७६ हजार ३९६ जनाको मृत्यु


काठमाडौं ।
विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारी अनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ४० लाख २८ हजार ९६० पुगेको छ ।

सोही अवधिमा थप ५४ सयभन्दा बढीको कोरोना भाइरसकै कारण मृत्यु भएको पनि डब्लुएचओले जनाएको छ । डब्लुएचओका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ४२९ जनाको मृत्यु भएको हो ।

विश्वभरी अहिलेसम्म कोरोनाका कारण २ लाख ७६ हजार ३९६ जनाको मृत्यु भइसकेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार सवैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा १३ लाख २२ हजार १६३ जना संक्रमित हुँदा ७८ हजार ६१६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३६४ रहेको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटालीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ७२३ जनाको मृत्यु भएको छ । धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ ।रासस/एएनआई

Logo